खजुरा डान्स आइकनको ग्राण्ड फिनाले शनिवार भव्य कार्यक्रमका साथ हुने

नेपालगन्ज,माघ,१७-

खजुरा डान्स आइकन २०७५ को ग्राण्ड फिनाले यहि आउँदो शनिवार  हुने भएको छ। खजुरामा रहेको धुर्वतारा माबिको प्राङ्गणमा सम्पन्न हुने उक्त फिनाले भव्य सांस्कृतिक कार्यक्रम बिच सम्पन्न हुनेछ।

सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५को फाइनल प्रतियोगितामा थुप्रै साँस्कृतिक प्रस्तुती रहने आइकनका संयोजक दिलु सुनारले जानकारी दिए।

रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र खजुरा गाउँपालिकाले विशेष सहयोग गरेको उक्त नृत्य प्रतियोगिताको सह आयोजक भने पन्चमुखी केवल नेट्वोर्क प्राली रहेको छ।

त्यस्तै अनलाईन मिडिया पार्ट्नरको रुपमा रहेको बिहानिअनलाईनले शनिवार उक्त ग्राण्ड फिनालेको प्रत्यक्ष फेस्बुक लाईभ पनि गर्ने छ।

नृत्य बिधामा दख्खल राख्ने प्रतिभालाई स्थान दिने उद्देश्यका साथ सन्चालन गरिएको उक्त डान्स प्रतियोगितामा निर्णायक मण्डलमा शेखर घर्ती, शृङ्खला बस्नेत, सृष्टि शाही, नवराज सुवेदी र लक्षमण सुनार रहेका छन ।

प्रत्योगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीय हुनेलाई २० हजार , तृतीय हुनेलाई १० हजारका साथ साथै उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगिलाई समेत आकर्षक पुरस्कार दिईने संयोजक दिलु सुनारले जानकारी दिए।