ब्रेकिगं न्यूज : पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु

पाल्पा,पुष,१८-बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ ।

बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । बसमा सवार ६ जना गम्भीर घाइतेलाई उपचारका लागि तानसेन पुर्‍याइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।