केआईसि ईगल एफसि प्रथम रनअरअप : दमदार प्रदर्शन

उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षक पनी केआईसि ईगल एफसिका खेलाडीलाई

फुकुओका,जापान,बैशाख,१४-

प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता शनीबार जापानको फुकुओकामा सम्पन्न भएको छ । उक्त प्रतीयोगितमा सहभागीता जनाउदै उत्कृष्ट प्रदर्श गरेको केआई सि ईगल प्रथम रनअरअप भएको छ ।

खेलको सुरुवाती चरणमै आक्रमक खेलीरहेको केआईसी ईगल एफसीले अन्तत प्रथम रनअरअप मै चित्त बुझाउन परेको हो ।खेल हेर्न पुगेका धेरै दर्शकको अनुमानमा बिजेता हुन्छ, भनिएयता पनी अन्तत फाईनल खेलमा ओहासी एफसी संग गोल रहित बराबरी हुन पुग्यो ।

गोल रहित बराबर खेलेपछि आयोजकको निर्णयमा पेनाल्टी सुट आउट भएको थियो । पेनाल्टी हान्न सुरुवातमा केआईसि ईगल एफसीले नै अवसर पाएको थियो ।केआईसी ईगल एफसीको तर्फबाट एम्बाबेको नाममा परिचित सुदिपले पहिलो पेनाल्टी सुट प्रहार गरेका थिए ।

Team Manager Dharma Maharjan and Team Captain Nisose Maharjan

एम्बाब्बेले आफ्नो पावरफुल सुटलाई सहि दिशा दिन नसक्दा उनले प्रहार गरेको बल सिधैं बाहिरिएको थियो । जसका फलस्वरुप विपक्षी टिमलाई फाईदा पुग्यो र अन्नतत केआई सि ईगल एफसीले  प्रथम रनअरअप मै चित्त बुझाउदै १ लाख ११ हजार १ सय ११ रुपैंया जितेको थियो ।

उक्त प्रतियोगिताको उपाधी भने ओहासी एफसीले जितेको थियो । ओहासी एफसीले उपाधी चुम्दै २ लाख २२ हजार २ सय २२ रुपैया सहिय मेडल ट्रफि जितेको थियो । यस्तै प्रतियोगिताको सेकेण्ड रनअरअप खुकुरी एफसी भएको थियो ।

Nusam Limbu best player with Shree Ganesh Khukuri Resturent president

यसभन्दा पहिले केआईसी ईगल एफसीले श्री गणेश खुकुरी एफसीले आयोजना गरेको समर कपमा तेस्रो स्थानमा हासील गरिसको छ । हरेक टुर्नामेण्टमा यो टिमले परिवर्तन गर्दै जुनसुकै टुर्नामेण्टको दाबेदारको रुपमा प्रस्तुत भैसकेको छ । यो टिमले आगामी दिनमा अझै राम्रो गर्दै जानेछ । यो टिमबाट राम्रो खेलको प्रदर्शन देख्न पाईयोस बिहानी एफसी परिवारको तर्फबाट हार्दिक शुभकामना छ ।

NRAN President Laxman Baniya with best Goalkeeper