बिहानी एफसी : नयाँ खेलाडीको आगमन संगै प्रभाव जमाउँदै

फुकुओका,जापान,बैशाख,१४-

जापानको फुकुओकामा शनीबार प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतीयोगितमा १२ वटा टिमले सहभागीता जनाएका थिए । 

उक्त प्रतीयोगितामा बिहानी अनलाई डटकमद्धारा संन्चालीत बिहानी एफसी ले पनी सहभागीता जनाएको थियो । सन् २०१८ सालमा स्थापना भएको यो क्लवले छोटो समयमा नै जापानको फुकोओकामा निकै प्रभाब जामाई रहेको छ । 

तर दु:खद कुरा क्लवको स्थापना चरणबाट आबद्ध भएका टिम क्यप्टेन देखि सम्पुर्ण टिमलाई विभिद् कारण विदाई गर्दै पठाउदा यस पटक टिममा निकै निराशा जनक छाएको थियो । तर त्यो निराशा जनक क्षण भर पनी टिक्न पाएन । 

पुराना सम्पुर्ण खेलाडीको बिदाई पश्चात टिममा नयाँ नयाँ खेलाडीहरु अनुमोद गर्दै यसपटक पनी टिमले सफलता पुर्वक प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगितामा सहभागीता जनाउन पुग्यो । 

जुन बिहानी एफसिमा आबद्ध भएका सम्पुर्ण नयाँ खेलाडीका लागी यो टुर्नामेण्ट बाट अनुभव बटुल्नु बाहेक केहि जस्तो थिएन् । तर त्यस्तो भने कदापि होईन र भएन पनी ! बिहानी एफसिले उक्त टुर्नामेण्टमा ५ वटा टिम संग प्रतिस्पर्दा गर्ने अवसर पाएको थियो ।जुन ५ टिम मध्ये ३ टिमलाई बिहानी एफसिले सहजै रुपमा फराकिलो गोल अन्तरले जितेको थियो । 

जुन ३ वटा टिमलाई जित्दा बिहानी एफसिमा भर्खरै आबद्ध भएका फरवार्ड प्लेयर बिनोद बिष्टले सर्बाधिक २ गोल गर्दै जित दिलाएका थिए ।

Forward Player Binod Bist.

यस्तै अर्को टिमसंग खेल्दा बिहानी एफसिका टिम कोच जिवन क्षेत्रीले उत्कृष्ट १ गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

Jeeban Chhetri: Team Coach

यस्तै अर्को खेलको मध्य भागको समयमा गराण्ड प्रवेश गरेका बिहानी एफसीका टिम क्यप्टेन प्रभु गुरुङले १ गोल गर्दै टिमलाई जित दिलाएका थिए । 

Prabhu Gurang: Team Captain

तर दुर्भाग्यबस सुरुवाती चरणमा सबै खेलाडी नयाँ त्यसैमा टिम क्यप्टेनको केहि कारण बस खेलमा पुग्न ढिलाई हुँदा खेलाडी नपुग्दा नपुग्दै बिहानी एफसीले २ वटा टिम संग खेल्न पछि हटेन्, जसको फलस्वरुप झिनो गोल अन्तरले दुई टिम संग हार बेहोर्नु परेको थियो ।

अन्य टिमसंग बराबरी पोईन्ट प्राप्त गरेको बिहानी एफसिले अन्नतत गोल अन्तरको आधारमा बाहिरिन परेको थियो । पछिल्लो समय नयाँ खेलाडीहरुको आगमन संगै बिहानी एफसि चम्किदै गईरहेको छ ।दिन दिनै पिच्छे टिमलाई परिवर्तन गर्दै आगामी दिनमा बिहानी एफसीले राम्रो प्रदर्शन गर्ने मनशाय बनाएको छ । 

प्रथम क्योदाइ रनिङ्ग कप प्रतीयोगितामा बिहानी एफसीबाट सहभागी भएका खेलाडीहरु ।।

दुर्लभ सारु मगर ( टिम म्यानेजर)

 प्रमोद श्रेष्ठ 

विवेक ढकाल 

जिवन क्षेत्री 

प्रभु गुरुङ

बिनोद बिष्ट

कृष्ण श्रेष्ठ

बिहानी एफसी कि जय !!