प्रथम क्योदाइ रनिङ्ग फुटसल प्रतियोगिताको उपाधी ओहासी एफसीलाई

फुकुओका,जापान,१४-

शिजुका एफसिको आयोजनामा भएको प्रथम क्योदाइ रनिङ्ग फुटसल प्रतियोगिताको उपाधी ओहासी एफसीले हात पारेको छ ।

शनीबार जापानको फुकुओकामा सम्पन्न भएको फाईनल खेलमा ओहासी एफसी र केआईसी ईगल एफसी भिडेका थियो । अत्यन्तै प्रतिष्पर्धात्मक एवं रोचक खेलमा निर्धारित समयभित्र दुवै टिमले एक एक गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टि शुटआउटमा परिणत भएको थियो ।

उक्त पेनाल्टी सुटआउटमा केआईसी ईगल एफसीले  २ गोल गर्न सफल भयो, भने ओहासी एफसीले ३ गोल गर्दै उपाधी चुम्दै २ लाख २२ हजार २ सय २२ रुपैंया नगद  सहित मेडल ट्रफि जितेको थियो ।

ओहासी एफसी संग अपराजीत भएको केआईसी ईगल एफसी प्रथम रनअरअप हुँदै १ लाख ११ हजार १ सय ११ रुपैंया ट्रफि र मेडल जितेको थियो । यस्तै प्रतीयोगिताको तेस्रो स्थान हासिल गर्दै खुकुरी एफसीले ५५ हजार ५ सय ५५ रुपैंया जितेको थियो ।

उक्त प्रतीयोगिताको उत्कृष्ट खेलाडी केआईसी ईगल एफसीका  नुसम लिम्बु यस्तै उत्कृष्ट म्यानेजर ओहासी एफसीका सन्देश के.सी,उत्कृष्ट डिफेण्डर राजकुमार गुरुङ र उत्कृष्ट गोलरक्षक सुमन तामाङ भएका थिए । 

उक्त प्रतीयोगितामा १२ वटा टिमले सहभागीता जनाएको थियो ।प्रथम क्योदाइ रनिङ्ग कप फुटसल २०१९ को प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको कार्यक्रम सह-संयोजक रोजिन थापा मगरले जानकारी दिनुभयो ।