आजको राशिफल ।। कार्तिक ७ गते सोमवार

काठमाडौं,कार्तिक,७-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ७ गते सोमवार, (अक्टोवर २४ तारिख) कार्तिक कृष्ण चतुर्दर्शी तिथी ।आज लक्ष्मी पुजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म/ कुकुर तिहार/ नरक चतुर्दर्शी/संयुक्त राष्ट्र संघ दिवस/ विश्व विकास सूचना दिवस पनि रहेको छ ।

आज कार्तिक ७ गते सोमवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ । लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन हराएको आत्मविश्वास बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन जोशजाँगर र हिम्मत बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल