केही दिनमा देउवा जी प्रधानमन्त्री हुनुहुन्छ : प्रचण्ड

काठमाडौं,असार,१२-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भएको छ।

पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताउनुभयो।’यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको बताउनुभयो। कहिले आफै त कहिले महान्यायाधीवक्ता मार्फत ओलीले अदालतलाई धम्क्याएको उहाँले बताउनुभयो।

यो पटक आफूहरुले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको उहाँको भनाई छ।’यो पटक हामी प्रधानमन्त्री हुन पाए सरकार बनाउन पाए भन्ने कुराबाट प्रेरित छैनौं’, प्रचण्डले भन्नुभयो, ‘देशलाई वर्वाद बनाउन खोजियो त्यसका विरुद्ध हाम्रो प्रयास हो।”

५ पूर्वप्रधानमन्त्रीको विज्ञप्ति बुझ्नेलाई काफी भएको उहाँले बताउनुभयो। केपी ओलीलाई प्रजातन्त्रिक छलफल मन नपर्ने उहाँको आरोप छ।

दाहालले गुठी विधेयकबारे देशव्यापी विरोध हुँदा ओली दमन गर्ने पक्षमा भएको र त्यसो गरे आफू सडकमा जाने चेतावनी दिएपछि विधेयक फिर्ता लिएको उहाँले बताउनुभयो ।