चक्र बहादुर अधिकारी नेतृत्वको प्यानललाई भोट माग्दै : सांसद देवराज भार

कोहलपुर,साउन,१२-

यही साउन १५ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा चक्रबहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण कोहलपुर क्षेत्रका उद्योगी व्यापारीहरुसंग सँसद देवराज भार आग्रह गर्नुभएको छ ।आफ्नो गृह जिल्ला बाँके आउनुभएका साँसद भारले आज विहान कोहलपुर क्षेत्रका व्यापारीहरुसंग चक्र बहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानललाई भोट दिन आग्रग गर्दै घरदैलोमा सहभागीता जनाउनुभएको थियो ।

सांसद : देवराज भार

संयुक्त समावेशी प्यानलसंग संगसंगै घरदैलो अभियानमा हिड्नुभएका भारले व्यापारीहरु समाजमा रहेका सचेत बर्गका रुपमा व्यापारी भएकाले पनि सवै दलहरुले सयुक्त रुपमा बनेको प्यानलललाइ नै भोट हाल्न आग्रह गर्नुभयो । भारले कोहलपुर क्षेत्रको व्यापार व्यवसाय गरी आफ्नो जिविको पार्जन देखी लिइर यस क्षेत्रको आद्योगिक तथा व्यापरीक विकासका लागी सवै राजनितिक दलको समूहगत प्यानललाइ विजयी गराउन आग्रह गर्नुभएको थियो ।

घरदैलोमै संयुक्त समावेसी प्यानलका लागि भोट माग्न हिड्नुभएका नेपाली कांग्रेस बाकेका बरिष्ठ नेता नारायण प्रसाद सिग्देलले आम व्यापारी मतदाताहरुलाइ स्वतन्त्र रुपमा उम्मेदवारी भनेर भम्रात्मक प्रचार गरे पनि अर्को प्यानल पनि राजनितिक पृष्ठभूमिबाटै आएकाले सवै पाटीले आधिकारीक उम्मेदवारलाई भोट गर्न आग्रह गर्नुभयो ।अहिले अर्को प्यानलले आफूहरुलाई कुनै राजनितिक दलको नभएको भन्दै हात्तिले बाहिर देखाउने दाँत साझा र आन्तरिक रुपमा पाटगत गठबन्धन बनाएर लडेको बताउनुभयो ।

त्यस्तै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, उपमेयर सन्जु कुमारी थारु, राप्तिसोनारी गाँउपालिका गाँउपालिका उपाध्यक्ष धनि कुमारी खत्री, नेपाली कांग्रेस क्षेत्र नम्वर १ का अध्यक्ष माधवराम खत्री, नेपाली कांग्रेस कोहलपुर नगरकमीटी सभापति बलराम भट््राइ, नेकपा एमाले नगर कमीटी इन्जार्ज बसन्ती अधिकारी, सचिव खिल प्रसाद भूषाल लगायत पनि संयुक्त समावेसी प्यानललाई जिताउनका लागि घरदैलोमा हिडका थिए ।

यसैबिच :चक्र बहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानलले आज पनि घरदैलोलाई तिब्रता दिएका छन् । घरदैलो अन्तरगत आज कोहलपुर बजार क्षेत्र, साझा, न्यूरोड, कोहलपुर चौराहा, दश विगाहा, चप्परगौडी, रोहीणीखोला क्षेत्रमा घरदैलो गरी भोट मागेका छन् । कोहलपुर क्षेत्रमा मतदाताहरुबाट अग्रिम बधाईको शुभकामना पाएका अधिकारी प्यानलका उम्मेदवारहरुले घरदैलोमा मतदान गर्ने तरिका समेत सिकाएका छन् ।

घरदैलो अभियानमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका यस क्षेत्रका सामाजिक अगुवा तथा समाजसेवी नम प्रसाद शर्मा , उद्योग तर्फका उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका युवा उद्यमी तथा सफल होटल व्यवसायी देवानन्द अर्याल,वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका लक्ष्मण पौडेल , महासचिव पदमा उम्मेदवारी दिनुभएका शिक्षाप्रेम तथा सफल व्यवसायी तेज प्रसाद अधिकारी,उपमहासचिव पदमा उम्मेदवारी दिनुभएका मातृका सापकोटा ,कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका सुनिल खनाल,सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका ईश्वर श्रेष्ठ सहित सबै उम्मेदवारलाई मतदाताहरुले सहयोग गर्ने बताएका छन् ।

चक्र बहादुर अधिकारीको पहिलो प्रतिबद्धता एक कार्य अवधी मात्रै अध्यक्ष हुने कुराको प्रशंशा गर्दै व्यापारी मतदाताहरुले उनलाई काम गर्ने अवसर दिनुपर्ने बताएका थिए ।संयुक्त समावेसी प्यानलबाट वस्तुगत सदस्य पदमा रेखीराम विक , खुला सदस्यहरुमा खुम बहादुर खत्री,चण्डी प्रसाद गैरे,टिकाराम देवकोटा, तेज बहादुर शाही , दिपक बहादुर भण्डारी,धन बहादुर बुढाथोकी , नविन खड्का ,प्रेम सुवेदी, युज्ञराज रेग्मी ,सिता कार्की , अन्जना धिताल र संगिता सुवेदीले उम्मेदवारी दिनुभएको छ ।