व्यवसायीक संगठनमा राजनिति गरिनुहुँदैन भट्टराई ।

म किन छु भने म कांग्रेस हुँ, मेरो आस्था कांग्रेसी हो तर मेरो उम्मेदवारी व्यवसायीक हो । यो स्टाटस हो कोहलपुरका प्रतिष्ठिीत व्यापारी तथा साहित्यकार प्रदिप भट्राइले आफ्नो फेसबुक स्टाटस हाल्नुभयो । आसन्न कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोहलपुर क्षेत्रका युवा व्यापारी प्रदिप भट्टराई बहुमुखी प्रतिभाका धनी हुन् । प्यानल नै छुटिटएर चुनावमा भिड्ने भएपछि साझा समावेसी व्यवसायी समुहबाट उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । कोहलपुर क्षेत्रमा रहेर साहित्यक विद्यालाई देशभरमै चिनाउन महत्वपूर्ण भूमिका निभाएका उनी साहित्यमा मात्रै होइन कुशल व्यवस्थापक र व्यवसायीका रुपमा पनि यस क्षेत्रमा परिचित छन् । कोहलपुर स्थित एसीयसन विकास बचत तथा ऋण सहकारी प्रालिका अध्यक्ष,कोहलपुरको पहिलो सामुदायीक रेडियो रेडियो कोहलपुर एफ एमका पूर्व प्रबन्ध निर्देशक , पपलाइफ र होटल पप लाइफका सञ्चालक प्रदिप भट्राई १५ गते हुने कोहलपुर उद्योग वाणिज्य संघमा साझा समावेसी व्यवसायीक समुहबाट उद्योग तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । हामीले संघकै निर्वाचनमा केन्द्रित रहेर उहाँसंग पत्रकार कमला हमालले कुराकानी गर्नुभएको छ ।
चुनाव मुखमै आइसक्यो व्यापारीहरु माझ कस्तो वातावरण पाइरहनुभएको छ ?
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएपछि घरदैलो र भेटघाटका क्रममा व्यापारी मतदाताहरुले राजनितिक आस्था भन्दा व्यवसायीकतालाई हेरे मतदान गर्ने अधिकाशं व्यापारीहरु मैले पाएको छु । व्यवसायीहरु राजनितिक दल भन्दा टाढा रहेर विशुद्ध व्यापारीकलाइ मतदान गर्न खोजिरहेको महसुस हुन्छ । व्यवसायीकतामा यो कुरा हुन पनि अत्यन्तै आवश्यक छ । यो कुरालाई मनन गर्दै हामी राजनितिक मिलिजुली भन्दा पनि व्यवसायीकतालाइ अंगालेका व्यक्तिहरु स्वस्फूर्त रुपमा साझा प्यानल बनाई निर्वाचनमा उत्रिएका छौं । व्यापारी मतदाताहरुले राजनितिक आस्था भन्दा व्यवसायीकता हेरे मत दिने कुरामा म ढुक्क छु ।
मतदाताहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
प्रतिक्रिया अत्यन्तै सकरात्मक छ । राजनितिबाट कोहलपुर उद्योग वाणिज्य संघ आजको दि सम्म माथी उठ्न सकेको छैन । निर्वाचनका क्रममा साझा समावेसी नाममा विभिन्न उम्मेदवारी हुने भएपछि भविष्यमा गएर पुन राजनिति दलका कार्यकर्ता हुने गलत प्रवृत्तिका कारण जुन रुपमा विकास हुनुपर्ने हो यो रुपमा संघको विकास नभैरहेको अवस्था छ । यसले गर्दा मतदाताहरुमा नैरास्यता र नकरात्मक प्रभाव पारेको देखिएको छ । भोलीका दिनमा म पनि कुनै राजनितिक दलमा आस्था राख्छु तर आस्था राख्ने भन्दैमा उद्योग वाणिज्य संघमा गइसकेपछि राजनितिक आस्था भन्दा माथी उठेर सबै व्यवसायीको हक हितका लागि कार्य गर्न सक्नुपर्छ । त्यसका लागि पनि व्यवसायीकताका लागि साझा मुद्धा उठाउने व्यक्ति संघमा जानुपर्छ भन्ने मतदाताहरुको प्रतिक्रिया पाएका छौं ।
तपाईलाई किन भोट हाल्ने ?
म शुद्ध व्यापारी हुँ । म राजनितिक हस्तक्षेपबाट सधै मुत्त हुन सक्षम छु । म कुन पनि राजनितिक प्रेसरलाई थेग्न सक्दछु । र मेरो उम्मेदवारी कुनै राजनितिक दलले टीका लगाइदिएर वा तिमी यो पदमा उठ भनेर दिएको उम्मेदवारी होइन । मेरो व्यवसायीक मनले मलाई उद्योग तर्फको उपाध्यक्षमा उठ्न प्रेरित ग¥यो । त्यहि भएर व्यवसायीक हक हित , उद्योगी व्यवसायीको संरक्षणका लागि, भोलीको दिनमा कोहलपुर उद्योग वाणिज्य संघलाई नमुना बाणिज्य संघ बनाउनका लागि र कुनै राजनितिक दल भन्दा माथि रहेको संघ बनाउनका आवश्यक रहेको कुरा मतदाताले बुझ्नुभएकाले उहाँहरुले मलाई मतदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
जितेपछि के गर्नुहुन्छ ?
हामीले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छौं । त्यसमा भएका सबै प्रतिबद्धताहरु त्यस बाहके पनि उद्योगी व्यवसायीहरुले दिएका सल्लाहा सुझावहरु र कार्यहरु गर्नेछौं । साँचो रुपमा राजनिति भन्दा माथी उठेर विशुद्ध व्यवसायीहरुको हक हितका लागि हामीले काम गर्नेछौं । जसले गर्दा भोलीको दिनमा हाम्रो कामले नै हामीलाई परिचित बनाउनेछ ।
तपाईको प्यानलबाट उम्मेदवारी दिनेहरु नाम चलेकै पार्टीका प्रतिनिधिका रुपमै चिनिने व्यक्तिहरु हुनुहुन्छ ? कसरी तपाई विशुद्ध व्यापारी हौं भनेर भन्नसक्नहुन्छ ?
राजनितिले व्यवयासीलाइ डो¥याउनुहुँदैन भन्ने मेरो मान्यता हो । म पहिले व्यवसायी हुँ । मैले आफ्नो व्यवसाय गर्दै गर्दा १४,१५ घण्टा व्यवसायमा खटिरहँदा मलाई राजनितिले खान दिदैंन खान दिने मेरो व्यवसायले हो । बरु राजनितिक दलहरुलाई बेला बेलामा चन्दा दिनुपर्छ,सहयोग गर्नुपर्छ । तर व्यवसायलाई सहयोग गर्न कहिल्यै पनि राजनिति अगाडी आउँदैन । यो कुरालाई मनन् गर्दै हामी साँचो रुपमा भन्ने हो भने आस्था सबैको सबैसंग हुन्छ । व्यवसायीकता पहिलो पाटो हो आस्था दोस्रो पाटो हो । त्यसैले पनि मेरो मान्यता भनेको पहिलो व्यवसायीकता हो । उद्योगी व्यापारीहरुको हक हित र उहाँहरुको समस्या समाधान पहिलो धर्म मानेर मैले कार्य गर्नेछु । यस कुरामा म प्रतिबद्ध छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
हिजोको कार्यसमितिमा पनि मैले सबैको विश्वास र साथले सबै भन्दा बढि मत ल्याएर जितेको हुँ । यसले गर्न सक्छ भन्ने लागेरै मलाइ मतदाताहरुले मत दिनुभएको हो । मलाई माथीको पदमा जाने मन हुँदा हुँदै त्यसबेला पार्टीले नै रोकेर सदस्य पद दिएको थियो । त्यो अवस्थामा कुनै पनि काम गर्न सक्ने अवस्था थिएन । किनकी सदस्यले मात्रै केहि गर्न सक्दैन । अहिले मैले पार्टीगत नभै स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु । उम्मेदवारी दिदाँ घरबाट लडेको छु । पार्टीबाट लडेको छु । मेरो लडाई वा उम्मेदवारी पद मोहका कारण होइन सिस्टम अर्थात प्रक्रियाका लागि हो । व्यवसायीकतामा राजनितीक हस्तक्षेप गर्नु गलत हो । किनकी म व्यवयासी हुँ । मेरो पहिलो कार्य पहिलो आस्था र पहिलो धर्म नै मेरो व्यवसाय हो । व्यवसाय भन्दा बाहिर निस्कीदा म कुनै दलको हुँला तर व्यवसाय गर्दा र त्यसको संगठनमा बस्दा मैले मात्रै होईन कसैले पनि राजनिति गर्नुहुँदैन । त्यो मबाट हुँदैन । व्यवसायीको नेतृत्व गर्ने व्यक्तिले कसैको दबाबमा ,अभावमा र प्रभावमा कार्य गर्नुहुँदैन । भोली म जितेर गएँ भने कोहलपुर उद्योग वाणिज्य संघमा कुनै पनि उद्योगी व्यापारीलाई राजनितिक विचार धाराको लाग्न नदिन र साझा संघ बनाउने मेरो हरबखत प्रयत्न रहनेछ । त्यस कुरामा म प्रतिबद्ध छु । मेरो सम्पूर्ण उद्योगी व्यापारी मतदाताहरुलाई अनुरोध छ । व्यवसायीक संघलाई साझा बनाउनका लागि कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा विजयी गराउन यहाँहरुले अमूल्य मत दिनुहोला । धन्यवाद ।