सुदुरपश्चिमका ३ विमानस्थलको पर्यटन मन्त्री भट्टराईद्धारा निरिक्षण

दिपायल विमानस्थल स्तरउन्नतीका लागि प्रेम आलेको भुमिका महत्वपुर्ण !!

फाईल तस्विरमा : पर्यटन मन्त्री योगेश भट्टराई साथमा प्रतिनिधी सभा सदस्य प्रेम आले मगर !!

डोटी,असोज,१७-पर्यटन मन्त्री योगेश भट्टराईले शनीबार सुदुरपश्चिम प्रदेशका ३ वटा विमानस्थलको निरिक्षण गर्नु भएको छ ।

लामो समय देखि बन्द रहदै आएका तिन विमानस्थलको निरिक्षणका क्रममा डोटीको दिपायल विमानस्थल पुग्नु भएका मन्त्री भट्टराईले    संक्षिप्त कुराकानी गर्दै “भन्नुभयो” डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय प्रेम आले मगर विकासको पर्यावाची नाम भएको बताउनुभयो । 

उहाॅंले “भन्नुभयो” दिपायल विमानस्थल स्तरउन्नतीको लागि माननीय आले ज्युको भुमिका उल्लेखनिय रहेको छ ।उहाॅं जिल्लामा कुन नामले चिनिनुहुन्छ,कठमाण्डौंमा हामीले विकासवादी नेता भनेर चिन्ने गरेका छौं । 

मन्त्री भट्टराईले “भन्नुभयो” माननीय आले ज्यू आफ्नो क्षेत्रमा विकासको लागि धेरै दौडधुप गरिरहने व्यक्तित्व हुनुहुन्छ, उहाॅं एउटा विकासको कार्यमा मात्र संलग्न नभई सामाजीक कार्यमा पनि उत्तीकै क्रियाशिल रहि सहयोग गर्दै आएको बताउनु भएको थियो ।मन्त्री भट्टराईले दिपायल विमानस्थल स्तरउन्नतीको लागि योगदान तथा सहयोग प्रति आलेलाई धन्यवाद समेत दिनु भएको थियो । 

उहाॅंले दिपायल विमानस्थलको निरिक्षण प्रश्चात आफुले यहाॅं रनवय बढाउनु पर्ने देखेको र त्यसको चाडै अध्ययन गरि यस क्षेत्रका विमानस्थलको विकासका लागि आफू सधैं प्रतिबद्ध रहेको बताउनु भएको थियो ।उहाॅंले लामो समय देखि बन्द रहेका विमानस्थललाई नियमित रुपमा संचालन गर्न आफ्नो मन्त्रालय निकै चिन्तीत रहेको भएता पनि केहि समय पछि नियमित उडान हुनेमा आफु विस्वास रहेको मन्त्री भट्टराईले बताउनु भएको थियो । 

पर्यटन मन्त्री भट्टराईको टोलीले एकै दिन सुदुरपश्चिमका पहाडी जिल्लामा रहेका तिन वटा विमानस्थलहरु डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङको चैनपुर विमानस्थलको निरिक्षण गरि फर्किनु भएको थियो ।