अपांङ्गलाई हक दिलाउन अपांङ्गले नै गरे साईकल यात्रा

साईकल यात्रा : कैलालीको लम्किबाट मुगुको रारा सम्म

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,६-
अपाङ्गता भएका व्यक्तिहरुका लागि हकहित र अधिकार स्थापित गराउन अाफै अपाङ्ग भएका व्यक्ति स्वयंले नै ४४२ किलो मिटर दुरीको साईकल यात्रा गरिरहेका छन् । कैलालीको लम्कीबाट जेष्ठ २ गते साईकल यात्रामा निस्केका एउटामात्र खुट्टाले साईकल चलाएर यमलाल रसाइली हिजो कोहलपुर अाईपुग्नु भएको हो ।

उहाको भनाई अनुसार शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन अाउन सकेको छैन्। सरकारले कर्णाली प्रदेशमा रारा महोत्सव मनाएर केही विद्यार्थीलाई भर्ना गरेता पनि अपाङ्गता भएका पूर्ण बहादुर पुलाल भन्ने बालकलाई भर्ना गर्न नसकेको गुनासो गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई घर परिवार देखि राज्य स्तर सम्म हेर्ने हेराई सपाङ्ग व्यक्तिहरु भन्दा फरक रहेको बताउनुभयो । उहाँले अपाङ्गहरुको पहुच राज्यको हरेक तहमा पुर्‍याउन र उनीहरुलाई शिक्षा, स्वास्थ्य, र रोजगारको सुनिश्चितता राज्यले गर्नु पर्ने बताउनु भयो । रसाइलीले हाल सम्म नेपालका ३८ वटा जिल्लाको भ्रमण गरेको बताउनुभयो ।

उहाँले गएको जनवरीमा दिल्लीमा समेत साईकिलिङमा भाग लिएर अाएको बताउनुभयो । कोहलपुरको चप्परगौडीको लुम्बिनी गेष्ट हाउसमा अाज बासा बसेका रसाइली भोलि बिहान ६ बजे कोहलपुरको चप्परगौडीबाट सुर्खेत हुदै रारा सम्मको यात्रामा निस्कनु हुनेछ ।

(साईकल यात्रा कहाँ देखी कहाँ सम्म हेर्नुहोस् )