मेयर कप फुटबलको अाज समापन तथा पुरस्कार वितरण

के- पी-घिमिरे/
बांके, जेष्ठ,६-
नेपालगन्ज उप महानगर पालिकाकाे अायोजनामा अायोजित मेयर कप फुटबलको शनीबार अन्तिम दिन पुरस्कार तथा टर्फि वितरण कार्यक्रम गरी समापन गरिएको छ ।नेपालगन्जको प्रहरी गुल्मको खेल मैदानमा बैशाख २४ गते देखि सुरु भएको मेयर कप फुटबलमा अाज सिनियर र जुनियर फुटबलमा प्रथम र द्वितीय हुने विद्यालयका खेलाडीहरुलाइ नगद पुरस्कार र टर्फि वितरण गरिएको छ।

उक्त खेलमा सिनियर तर्फबाट जि- भि- एन- मा- वि- नेपालगन्जले प्रथम स्थान लिन सफल भएको छ । उसले जन ज्योति मा- वि- कोहलपुरलाई ३-० ले हराएको थियो । त्यस्तै जुनियर तर्फ जन ज्योति मा-वि- कोहलपुर प्रथम भएको थियो । उसले पशुपति मा- वि- राझालाई ४-० ले हराएको थियो ।

सिनियर र जुनियर प्रथम हुने खेलाडीहरुलाई नगद १५०००/- पन्र्ध हजार र द्वितीय हुनेलाई ७५०० नगद र टर्फि दिईएको थियो । पुरस्कार वितरण कार्यक्रममा सभापतित्व नेपालगन्ज उप महानगर पालिकाका मेयर डा- धवल शमशेर राणा, अथिती उप मेयर उमा थापा मगर, अथिती जिल्ला प्रहरी कार्यालयका प्रमुख टेक प्रसाद तामाङ लगायतका व्याक्तिहरुको उपस्थिति रहेको थियो ।