भेरी साहित्य समाज केन्द्रद्वारा काव्य विमोचन तथा वहु भाषिक कविता वाचन कार्यक्रम सम्पन्न

के-पी- घिमिरे/
नेपालगन्ज, जेष्ठ,६-
भेरी साहित्य समाज केन्द्र बांके र नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको संयुक्त अायोजनामा अाज नेपालगन्जमा साहित्यिक कार्यक्रम तथा काव्य विमोचन गरिएको छ ।

भेरी साहित्यिक समाज केन्द्र बांकेका अध्यक्ष हरी तिमिल्सिनाको अध्यक्षतामा, नेपाली विभाग त्रिभुवन विश्व विद्यालय काठमाडौंका डा- अमर गिरीको प्रमुख अतिथि , साहित्यकार शनत रेग्मी अतिथि , खगेन्र्द गिरी कोपिला लगायतका अतिथिहरु र थुप्रै साहित्यिक पारखीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा अवधि, थारु, नेपाली भाषाका लगभग २५ जना कविहरुले बहु भाषिक कविताहरु वाचन गरेका थिए । कार्यक्रममा बांके, बर्दिया, दाङ, र सुर्खेतबाट साहित्यकारहरु अाएका थिए । साहित्यकार इन्र्द बहादुर भण्डारीले लेखेको “शैली शिल्प” कृतिको विमोचन पनि गरिएको कुरा भेरी साहित्य समाज जिल्ला कार्य समितिका सचिव सतानन्द लम्सालले बताएका थिए ।