आईपीएलमा दिल्ली विजयी : सन्दीपले लिए तीन विकेट

काठमाडौं,जेष्ठ,६-

आईपीएल क्रिकेटमा नेपाली दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । 

आइतबार साँझ सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

मुम्बईको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिए ।  उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्स निशास बन्न पुग्यो । 

खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए  ।पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए । 

यस्तै  १० औं ओभरको दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै  किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।