कार्यकक्षमै कर्मचारीमाथि आक्रमण

जुम्ला, चैत ८ – शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय जुम्लाका सव–इञ्जिनियर चन्द्रबहादुर खड्कामाथि निर्माण व्यवसायीले हातपात गरेका छन् ।

हातपात गर्ने निर्माण व्यवसायीमा गगन बुड्थापा र विष्णुबहादुर महत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । दुवै व्यवसायीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।

हाकिमसँग कुरा गर्न गएको र प्राविधिक कर्मचारी खड्काले बिचैमा रोक्न खोजेपछि हात हाल्न पुगेको दुवै व्यवसायीको भनाई छ । तर सव–इञ्जिनियर खड्काले भने दोषीमाथि कारबाही हुनुपर्ने बताउनुभएको छ । साभार उज्यालो अनलाईबाट