धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतो निर्वाचित

धनुषा,मंसिर,२४-

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको छ । 

चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि भिडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उहाँ प्रतिस्पर्धामा नै आएनन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गर्नुभयो । उहाँले ३० हजार ७४२ मत पाउनुभयो । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाउनुभयो ।