ओली निरङ्कुश,तानाशाहा हुन,सुध्रेनन् : प्रचण्ड,माधव, झलनाथको टिप्पणी

नेकपा अध्यक्ष : पुष्प कमल दाहाल“प्रचण्ड”

काठमाडौँ,पुष,१४-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताउनु भएको छ।

ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उहाले बताउनुभयो ।

प्रधानमन्त्री ओली गणतन्त्र र संविधानविरोधी भएको आरोप लगाउनुभयो । ओलीले प्रतिनिधि सभालाई भंग गरेर आफू निरङ्कुश भएको कलंक को टीका लगाएको उहाले बताउनुभयो। प्रधानमन्त्री ओली झुट र छलका खेतीमा मात्रै केन्द्रित भएको उहाले बताउनुभयो । ओलीले वैशाखमा चुनाव गर्न नसक्ने र चुनाव गर्नकै लागि मिति नतोकिएको पनि बताउनुभयो । 

यसैबिच:अर्का अध्यक्ष माधवकुमार नेपालले निरङ्कुश बाटो समातेका केपी ओली प्रवृत्तिको आयु पूरा भइसकेको बताउनुभयो। संसद् विघटनविरुद्ध सडकमा उत्रिएको दाहाल–नेपाल समूहको विरोध प्रदर्शनमा उत्रिएका नेपालले राजतन्त्रको आयु सकिए जसरी नै निरङ्कुश बाटो समातेको केपी ओलीको आयु पुगेको बताउनु भएको हो ।

नेकपा अध्यक्ष : माधव नेपाल!!

‘जसरी राजतन्त्रको आयु पुग्यो त्यसरी नै निरङ्कुश बाटो समातेका केपी ओली एण्ड कम्पनीको आयु पुग्यो,’ नेपालले भने, ‘पुस ५ गते वामपन्थी, कम्युनिष्ट पार्टीका एक नेताले जनताले बनाएका संविधानलाई खुट्टाले कुल्चेर प्रतिनिधिसभाको विघटन गरे। के त्यो राजनीतिक हिसाबले उचित छ? के त्यो संवैधानिक, जनभावनाको, राजनीतिक पार्टीको भावनाअनुरूप छ? के त्यो नेकपाको निर्णयअनुरूप छ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम हामीलाई स्वीकार्य छैन, जनतालाई, संविधानलाई स्वीकार्य छैन।’ 

गणतन्त्रको विषयमा केपी ओलीले सधैँ खिसिट्यूरी गर्ने गरेको नेपालको आरोप छ। उनले प्रतिनिधिसभा भंग गरेकोप्रति नेकपाले आन्दोलनको उद्घोष गरेको पनि दाबी गर्नुभयो। ‘यसैको विरोधमा हामीले आन्दोलनको उद्घोष गरेका छौँ। कमरेड केपी शर्मा ओलीले गणतन्त्रको सन्दर्भमा खिसिट्युरी गर्नु भएको थियो ।

त्यसैगरी :प्रचण्ड–माधव) समुहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली जस्ता तानाशाहका कारण आफुहरु फेरि एक पटक सडकमा आउन बाध्य भएको बताउनुभयो ।पुस ५ गते ओलीले जुन कदम चालेका छन् त्यसको विरोधमा अहिले काठमाडौंसहित देशभर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सडकमा आउनु आफूहरुको रहर नभई आवश्यकता भएको बताउनुभयो ।

नेकपाका वरिष्ठ नेता : झलनाथ खनाल !!

२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिलेसम्मको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए। गत निर्वाचनबाट बहुमत ल्याउने कम्युनिस्ट नै भएकाले बालुवाटारमा बस्ने गुट तानाशाही मात्र भएको टिप्पणी गर्नुभयो ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिलेको बहुमत केपी ओलीको नभई पार्टीको कार्यक्रम र उद्देश्यका लागि आएको दाबी गर्नुभयो ।

संविधान र लोकतन्त्रमाथि ओलीले गरेको हमलाको विरोधमा अहिले काठमाडौंको आकासमा संघर्षको विगुल फुकिसकिएको खनालले बताउनुभयो। त्यसैगरी आधिकारिक पार्टी आफूहरुकै समूह भएको भन्दै चुनाव चिह्न सूर्य पनि आफूहरुकै भएको दाबी गर्नुभयो ।