टोकियोमा दोहोरी कलाकार द्वय श्याम राना र सम्झना लामिछाने ले दर्शकलाई झुमिझुमी नचाए

टोकियो,जापान,पौष,२८-जापानको टोकियोमा लोक तथा दोहोरी कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछाने मगरले दर्शकलाई झुमिझुमी नचाएका छन्। 

नेपाल मगर संघ जापानले शनिवार माघे संक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायीका सम्झना लामिछाने र चर्चित लोक दोहोरी गायक श्याम राना मगरले दर्शकलाई नचाएका हुन्।

कार्यक्रमममा सम्झना लामिछाने मगरले सालैजो भाका गित गाउदा दर्शक स्टेजमै उक्लिएर छमछमी नाचेका थिए।गायीका सम्झना पनि दर्शक संगै नाच्दै गाउदा केहिबेर कार्यक्रम हलको माहोल नै संगितमय बनेको थियो।समय अभावमा कलाकार सम्झना लामिछाने मगरले थोरै गित गाएपनि दर्शकलाई निकै नचाएका थिए। 

कार्यक्रमको अन्त्य तिर स्टेज चढेका अर्का चर्चित लोक तथा दोहोरी गायक श्याम राना मगरले सुरुवातमै आफ्नो केहि ठट्यौली बोलीमा दर्शकलाई हसाँउन भ्याएका थिए। उनले दर्शकलाई हसाँउदै “बाग्लुङ पञ्चकोट घुम्ती घुम्ती रोड” बोलको गित गाउदा दर्शकलाई स्टेजमै उक्लन बाध्य पार्दै झुमिझुमी नचाएका थिए।

उनको गित गाउँदै बेलाबेला बोल्ने ठट्यौली शैलीको बोलीमा दर्शक हाँस्दै झुमिझुमी नाच्दै निकै मनोरञ्जन लिएका थिए।साथमा कलाकार चेतन घर्ती मगरले पनि दर्शकलाई आफ्नो गित मार्फत जोस्याउदै नचाउदै रमाईलो प्रदान गरेका थिए।

कार्यक्रमको अन्तमा कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछाने मगरको सालैजो भाकामा केहि बेर निकै घम्साघम्सी दोहोरी चलेको थियो।उक्त कार्यक्रममा जापानमा रहेका प्रवासी स्थानीय अन्य कलाकारको गायन र नृत्यले दर्शकलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेका थिए। 

कार्यक्रममा जापान स्थित नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी र अन्य विभिन्न संघ संस्थाबाट अध्यक्ष तथा प्रतिनिधीको उपस्थिती रहनुका साथै टोकियो आसपासमा बसोबास गर्ने प्रवासी नेपाली मगर समुदायको उपस्थिती रहेको थियो।

यस माघी विशेष कार्यक्रमले प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गरिएको र यस पर्वले नेपाली समुदाय विचको सम्बन्ध र परम्परागत रितिरिवाजको जगेर्ना र भावि सन्ततीलाई पनि यस कार्यक्रमबाट आफ्नो परम्परागत सिक्ने कुरामा टेवा पुग्ने नेपाल मगर संघ जापानले जनाएको छ।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।