महाकालीमा पुलको शिलान्यास

प्रधानमन्त्री वाटै निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप

इन्द्र कार्की
महेन्द्रनगर,भाद्र,१६   प्रधानमन्त्री शेर वहादुर देउवाले विहिवार एक कार्यक्रमका वीच महाकाली नदीमा वन्न लागेको चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् । भीमदत्त नगरपालिका १२ ऐरी र ओदालीको सीमा पर्ने विपी नर्सरी महाकाली नदी किनारमा पुलको शिलान्यास गरिएको हो । निवार्चन आयोगले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वुधवार देखि निर्वाचन आचार संहिता लागु गरिएको दोस्रो दिन पुल शिलान्यास गरेकाले प्रधानमन्त्री वाटै निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप समेत देउवा माथि लागेको छ । यदपी पुलको शिलान्यास कार्यक्रम पुर्व निधारित भएकोले आचार संहिता नलाग्ने दाबी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुले गरेका छन् । पुल शिलान्यास कार्यक्रममा देउवा संगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर वहादुर वलायर, राज्य मन्त्री सीता गुरुङ्ग,बाणिज्य तथा आपुर्ति मन्त्री नर बहादुर चन्द सहित साँसद,मन्त्रालयका अधिकारीहरु कार्यक्रममा सहभागी भएका थिए । प्रधा3v नमन्त्री देउवाले महाकालीमा पुल वनाएर छाड्ने बताए । पुलले समग्र सुदुर पश्चिमको अर्थतन्त्रलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले यो पुल वाट भारतलाई पनि लाभ पुग्ने बताए । भीमदत्तनगर पालिकाको ऐरी र महाकाली नगरपालिका को चाँदनी जोड्ने ८ सय मिटर लामो पुल निर्माणको ठेक्का ३ अर्व २७ करोड ९३ लाख ३४ हजारमा कुमार सिएफइसि जेभी महेन्द्रनगरले पाएको छ । पुल निमार्ण संगै गडडचाकी देखि चाँदनी सम्म ७ किलोमिटर चार लेनको पक्की सडक समेत वन्नेछ । चालु आर्थिक वर्षमा पुल निमार्णका लागि एक अर्व वजेट विनियोजन गरिएको छ । कार्यक्रममा पञ्चकन्याहरुले प्रधानमन्त्री शेर वहादुर देउवालाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा सुदुरपश्चिमको गौरा र आदिवासी समुदायका साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएका थिए । महाकालीमा वन्न लागेको पुल निमार्णको यहाँका उद्ममी व्यवसायी, यातायात, निमार्ण व्यवसायी, स्थानिय निकाय तथा स्थानियहरुले स्वागत गरेका छन् । महाकाली पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको महाकाली पुल आयोजनाले बनाउन लागेको हो ।