आयोगद्वारा सातबुँदे आचारसंहिता जारी

अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुन आग्रह

काठमाडौं,भदौ,१६-

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सातबुँदे आचारसंहिता जारी गरेको छ ।आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी सरुवा, बढुवा र नियुक्तिमा पूर्णरुपमा रोक लगाएको छ ।

यस्तै, प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि आयोगले अनुमति नलिइ कुनै कार्यक्रममा सहभागी नहुन भनेको छ ।अगाडिको मिति राखेर सरुवा गरेको गुनासो आएको भन्दै आयोगले त्यस्तो भए तत्काल आयोगमा उजुरी गर्न भनेको छ ।

राष्ट्रको तर्फबाट प्रतिनिधित्व गरेर जानुपर्नेबाहेकका सबै वैदेशिक भ्रमणमासमेत रोक लगाएको जानकारी आयुक्त सुधीरकुमार शाह दिनुभयो ।आचारसंहितालाई कडाइका साथ लागू गर्ने भन्दै आयोगले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सहयोग गर्न सबैसँग अपिल गरेको छ ।