कोहलपुर महोत्सवमा आयोजकको व्यवहार प्रती स्थानीय कलाकार रुष्ट

राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेका लाई पनि बेवास्ता गरेको गुनासो

फाईल तस्विरमा : कोहलपुर महोत्सवको दृश्य ॥

काठमाडौं,फाल्गुन,१४-यतिबेला पश्चिम नेपालको सुन्दर नगरी कोहलपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर को आयोजनामा बृहत् पाचौं प्रादेशिक लघु घरेलु तथा कृषी प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०८० चलिरहेको छ।

कुनै पनि स्थानमा मेला महोत्सवहरु आयोजना हुन्छन् र हुनु व्यापार ब्यबसाय र कला संस्कृत प्रवर्द्धन को लागि निकै राम्रो कुरा पनि हो।यस्ता मेला महोत्सव आयोजना हुनु पनि पर्छ। तर पछिल्लो समय नेपालका विभिन्न स्थानमा हुनेगरेका मेला महोत्सव ले नेपालीपन नदेखाउने बाहिरी सस्कृती लाई प्रोत्साहन गर्दै नेपालको कला संस्कृति को अपमान गरिरहेको हामिले देखिनै रहेका छौ।

कुनै पनि स्थानमा हुने गरेका मेला महोत्सव को पहिलो प्राथमिकता भनेकै नेपाली उत्पादन र नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्नु हो।र हाल कोहलपुर मा चलिरहेको महोत्सवमा धेरै नै स्थानीय उत्पादनलाई प्राथमिकता नदिएको भन्ने थुप्रै स्थानीय व्यवसायीको गुनासो पनि सुन्नमा आएको छ।र थुप्रै स्थानीय स्तरबाट राष्ट्रिय स्तर सम्म आफ्नो पहिचान बनाएका कलाकार र राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेका लाई पनि बेवास्ता गरेको गुनासो सुन्न पाईएको छ।

कुनै पनि मेला महोत्सव आयोजना गर्दा र उक्त कार्यक्रममा कलाकार को प्रस्तुति र उपस्थिति नै महोत्सवको आम्दानीको पहिलो केन्द्र हो भने त्यस्ता कार्यक्रममा स्थानीय कलाकारलाई पहिलो प्राथमिकता दिनु र आफ्नो स्थानका कलाकारलाई राष्ट्रिय स्तरमा चिनाउने पहिलो खुड्किलो भनेको मेलाका आयोजकहरु बन्नु पर्छ।र स्थानीय स्तरमा को को कलाकार छन भन्ने खोजी अध्यन गर्न जरुरी छ।

नातावाद र कृपावादका आधारमा जो कोहिलाई महोत्सवमा स्थान दिनु यो कला संस्कृतिको जगेर्ना गर्ने कोसिस विल्कुलै भन्न सुहाउँदैन।यो आयोजक पक्षका लागि निकैनै लाजमर्दो कुरा हो।तर महोत्सवमा कलाकार आफैले आयोजकलाई सम्पर्क गरि म सोही स्थानमा बाट संघर्ष गरेर देशका विभिन्न स्थानमा आफ्नो प्रस्तुतिको माध्यमबाट आफ्नो ठाउको नाम चिनाउने कोसिस गरेको कलाकार हु भन्दा पनि आयोजक बाट “तिम्रो के योगदान छ र यो ठाउको लागी” जस्ता जवाफ ले पक्कै पनि कलाकारको मनोबल घटने मात्र नभई सम्पुर्ण आयोजक को अपरिपक्वता पनि दर्शाउछ।

यस्ता अपरिपक्व आयोजक लाई यति ठूलो जिम्मेवारी दिने विभिन्न निकायहरुको पनि ठुलै लापरबाही देखिन्छ।स्पष्ट भन्नू पर्दा सम्बन्धित निकाय पनि बिकाउ र नातावाद को झालझेलमा रहेको स्पष्ट देखिन्छ।कानुनी निकायकै प्रमुख व्यक्ति बाट आफ्नो चिनजानको कलाकार लाई जुन ठाउको भए पनि ल्याउनै पर्ने र आफ्नै ठाउको कलाकार भनेर चिनेको भएपनी वेवास्ता गरेको कुरा निकैनै खेद पुर्ण छ।

यति भन्दै गर्दा म पनि एउटा ठुलै कलाकार हु मलाई मान सम्मान सहित महोत्सवमा स्थान दिनुपर्छ भन्ने मेरो भनाइ होईन।म आफ्नै घरमा सबै आफुले चिनेजानेका मेरै दाजुभाई आयोजक भनेर सम्पर्कमा जान खोज्दा आयोजक ले बोलेका अपमानित शब्दले आगामी दिनमा कोहलपुर बाट वा अन्य कुनैपनी स्थान बाट कलाकार बन्छु भनेर संघर्ष गरिरहेका कलाकार लाई यस्ता कलाकार को नामबाट धन्दा चलाइरहेका आयोजकहरु बाट अपमानित हुन नपरोस् भन्ने हो ।