निमोनिया र भाईरलका बिरामी बढे

ओखलढुंगा,असोज,१९-
ओखलढुंगा सामुदायिक अस्पतालमा निमोनिया र भाईरलका बिरामीहरुको चाप बढेको छ । चिसो मौसम लागेसंगै खानपानमा ध्यान नदिएकोले निमोनिया र भाईरल ज्वारोका विरामीहरु बढेको हुन् ।

चिसो मौसमको समय सुरु भएसंगै निमोनियाका विरामी बढेको अस्पतालले जनाएको छ । त्यस्तै खानपामा समेत ध्यान नदिदा निमोनिया र भाईरल विरामीहरु बढेको पाइएको हो । निमोनिया र भाइरलको समस्या लिएर उपचार गर्न आउने बिरामिहरु मध्य प्राय बालबालिका रहेको ओखलढुंगां सामुदायिक अस्पतालका डाक्टर बिमल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार १ महिना देखि ४ वर्ष उमेर समुहका बालबालिकालाई बढी विरामी देखिएका छन् । धेरैजसो बिपन्न बर्गका बालबालिकाहरु बढी विरामी रहेको अस्पतालले जनाएको छ ।

मौसम परिवर्तन संग चिसोका कारण देखिने यो समस्या समाधानका लागि परिवारले आफ्नो बालबालिबाहरुलाई चिसो र खानपानमा ध्यान दिनु पर्ने डक्टरहरुले सल्लाहा दिएका छन् । घर परिवारले खानपानमा ख्याल गर्दै चिसो बाट बचाए निमोनिया, भाइरल र ज्वारो बाट बच्न सकिने स्वास्थ्य कर्मीहरुले बताएका छन् ।