यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोट

Image Not Foundकाठमाडौं,चैत्र,२-नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ।विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार सम्पन्न खेलमा यूएईलाई डकवर्थ लुईस नियम अर्थात !डीएल पद्दतिको) आधारमा ९ पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो । 

खराब प्रकाशका कारण खेलको नतिजा डकवर्थ लुइस नियमका आधारमा गरिएको थियो।यस आधारमा नेपाललाई मौसमले पनि साथ दिएको देखिन्छ । 

३११ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहँदा खेलको ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो।खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो।नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय  इनिङ खेले ।

कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए।भिमले ६७ रनको योगदान दिदा गुलशन ५० रनमा अविजित रहे।कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए।

आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे।युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो।यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो।युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले ।विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए ।

यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले।रोहन मुस्तफा २० रनमा आउट भए।सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए ।युएईलाई हराएसँगै नेपालले लिग टूको तेस्रो स्थानमा रहदै जिम्बावेको टिकट काटेको हो।सन् २०१९ बाट सुरु लिग टूमा नेपालले ३६ खेलमा ४० अंक जोड्यो।र, नेपाल तेस्रो स्थानमा रहन सफल भयो।

युएईले ३६ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहदै लिग टू को अन्त्य गरेको छ।लिग टू को उपाधि स्कटल्याण्डले जित्यो।शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ५० अंक जोड्यो।ओमान पनि ४४ अंक जोडेर दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

जितसँगै नेपाल विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ३ मा उक्लिँदै विश्वकप छनोटमा पुगेको हो।लिग–२ मा शीर्ष २ मा रहेका स्कटल्याण्ड र ओमान यसअघि नै विश्वकप छनोटमा पुगेका थिए । लिग–२ का शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्ने प्रावधान छ।यी तीन टोलीसम्मिलित टोलीले जिम्बाबेमा विश्वकप छनोट खेल्नेछन् । 

पछिल्ला १२ खेलमा अविश्वसनीय प्रदर्शन

पछिल्ला १२ खेलमा अविश्वसनीय प्रदर्शन गरेपछि नेपाल विश्वकपको छनोटमा पुगेको हो।नेपालले पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हासिल गरेको थियो ।