आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै

फाईल तस्विर : सामाजीक संजाल गुगलबाट साभार ॥

टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ।

घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ।

यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ।

दसैंको टिकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको हो।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ।

किम्बदन्ती अनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए।सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन्।

साथै : बडादशैंको अवसरमा बिहानी अनलाईन पाठक वर्ग, शुभचिन्तक, लगायत सारा संसारभरी यत्र तत्र छरिएर बस्नु भएका आम नेपालीजन आमाबुवा,दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ती समवृद्धी तथा सु-स्वास्थ्य एवंम दीर्घायुको कामना गर्दै बडा दशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।