
काठमाडौं,असोज,२४-दशैको सातौ दिन आज दुर्गाभवानीको सातौ रुप कालरात्रीको पुजा आरधना गरी मनाइदै छ। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि दशैं सुरु हुन्छ।
नवरात्रीको सातौ दिन,आज घरघरमा फूलपाती भित्याइने गरिन्छ।हरेक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइदैछ।
नवपत्रकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ।
आश्विन शुक्ल सप्तमीको दिनदेखि नै शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुइँचो थप बढ्ने गर्दछ।नवदुर्गाका नौवटा स्वरुप छन्।जसलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।