दशैंको आज छैठौं दिन, कात्यायनी माताको पूजा गरि मनाईदै

काठमाडौं,असोज,२२-नेपालीहरुको महान पर्व बडादशैंको छैटौं दिन आज मंगलवार कात्यायनी माताको पूजा आराधना गरि मनाईदैछ।

 

नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ।

देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ।

कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ।

यस दिन देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

देवकार्य सिद्ध गर्न माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ।

दशैंको पहिलो दिन घटस्थापना गरेसँगै दूर्गाका ९ वटा रूपको पूजा गरिंन्छ।पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।