इन्टर मायमी लिग्स कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं,साउन,२७-इन्टर मायमीले चार्लोट एफसीमाथि फराकिलो जितका साथ लिग्स कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ।

कप्तान लिओनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दै प्रभावशाली प्रदर्शन गर्दा इन्टर मायमीले ४-० को जितका साथ अन्तिम चारमा स्थान बनाएको छ।घरेलु मैदानमा मायमीका लागि जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लिओनेल मेस्सीले १-१ गोल गरे!एक गोल भने आत्मघाती गोल भएको थियो।

खेलको १२ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मायमीलाई अग्रता दिलाएका थिए।३२ औं मिनेटमा टेलरले प्रतियोगिताको चौथो गोल गरेका थिए।डेआन्द्रे यडलिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत सहजै गोल गर्न सफल भएका हुन्।

७८ औं मिनेटमा अदिल्सन मालान्दाले आत्मघाती गोल गर्दा मायमी फाइनलनजिक पुगेको थियो।निर्तधारित ९० मिनेटको ४ मिनेट समय बाँकी रहँदा मेस्सीले प्रतियोगिताको आठौं गोल गर्न सफल भए। 

उनले जोसे काम्पानाको पासलाई पहिलो टचमै गोल गरेका थिए ।मायमीले अब सेमिफाइनलमा फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग खेल्नेछ।अर्को क्वाटरफाइनलमा नाशभिलले मिनेसोटा युनाइटेडलाई ५-० ले हराएको थियो।नाशभिलले लास एन्जलस एफसी र मोन्टेरेको विजेतासँग सेमिफाइनलमा खेल्नेछ।