काँग्रेस नेत्री भुजेलद्वारा राजिनामा

काँग्रेस देश र जनता प्रति गैर जिम्मेवार, राष्ट्रियताप्रति उदासिन, भएको भनाई

ललित केसी/

अछाम,मंसिर,१०-

नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पूर्व सभापति राधिका भुजेलले पार्टी परित्या गरेकी छन् । आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काँग्रेस नेत्रृ भुजेलले राजिनामा गरेको घोषणा गरेकी हुन ।

नेपाली काँग्रेसमा लागेर लामो समय सम्म राजनिति गरेकी भुजेलले पछिल्लो समय नेपाली काँग्रेस देश र जनता प्रति गैर जिम्मेवार भएको, राष्ट्रियताप्रति उदासिन भएको, कुनै दृष्टिकोण र योजना नभएको उनले आरोप लगाएकी छन ।

नेपाली काँग्रस अछामको जिल्ला नेतृत्वले अछाम जिल्लाका दलित, महिला प्रति आक्रोशित, हेपाहा प्रबृति देखाउनुका साथै गालिगलौज समेत गर्ने भएकोले आफुले पटक पटक पार्टि केन्द्रिय नेतृत्वलाई सचेत गराउँदा पनी कुनै वास्था नगरेका कारण आफुले पार्टिवाट राजिनामा दिएको उनले राजिनामा पत्र(प्रेस विज्ञप्तिमा)उल्लेख गरेकी छन ।

नेतृ भुजेलले आमुल परिवर्तनको अपेक्षा राख्ने कुनैपनी ईमान्दार र देशभक्त कार्यकर्ताले नेपाली काँग्रेसमा वसिरहनु देश र जनताका लागी धोका मात्र हुने आफुले महसुस गरी नेपाल महिला संघको केन्द्रिय सदस्य देखी नेपाली काँग्रसको क्रियासिल सदस्य र साधारण सदस्य समेत नरहने गरी आजकै दिन वाट राजिनामा गरेको राजिनामा पत्र(प्रेस विज्ञप्तिमा)उल्लेख गरेकी छन ।

साथै उनले नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गाविन्द वहादुर शाह अध्यक्ष र नेपाली काँग्रेसका पुर्ब पार्टि सभापती तथा अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का उपाध्यक्ष भएर संचालन गरेको जनता विकास बहुउद्देशिय सहकारी संस्थाको संचालक समितिको सदस्यबाट समेत राजिनामा गरेकी छिन ।

उक्त सहकारी संस्थाका करिब १६ सय जना सेयर सदस्यहरुको लाखौ रकम अध्यक्ष शाह र अन्य केही पदाधिकारीहरुको मिलोमतोमा हिनामिना भएको र संस्थाको हाल सम्म साधारण सभा नभएको लगायतका आरोप लगाउदै उनले राजिनामा दिएको बताएकी छन ।