घोराहीमा २२ अाैँ अन्तरराष्ट्रीय अण्डा दिवस मनाईयो

 रोशन घर्ती /

दाङ, असोज ,२७-

 दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पतालको परीसरमा आज २२ अाैँ अन्तरराष्ट्रीय अण्डा दिवस मनाईएको छ ।

USAID को अार्थीक सहयोगमा संचालित सुअाहारा दोस्रो चरणको असल पोषण कार्यक्रम अन्तर्गत २२ अाै अन्तर्राष्ट्रिय अण्डा दिवस मनाईएको हाे ।

सुनाैलाे हजार दिन अामाको लागि २ वर्ष मुनीका बालबालिकाको स्वस्थ दिमाग र अन्य शारिरिक विकासका लागि अण्डा खान अति अावश्यक रहेको कार्यक्रममा जानकारी गराईएको  थियो ।

अण्डामा भिटामिन , प्राेटीन र अारईन पाईने हुँदा, अण्डा खादा मानीसलाई धेरै रोगबाट बचाउने भएकोले घरमै अण्डा उत्पादन गरि  सेवन गर्न सकिने समेत जानकारी दिईएको थियो ।

उक्त्त कार्यक्रममा राप्ती उपक्षेत्रीय अस्पतालका प्रमुख प्रताप पोखरेल,जिल्ला पशु कार्यलयका प्रमुख डा.चन्द्र बहादुर राना,जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पाखरेल, सुअाहाराका जिल्लाका संयाेजक सुरजकुमार शर्मा , सुअाहारा HFP officer दुर्गादत्त उप्रेती ब्याक वार्ड साेसाईटी एजुकेशनका फिल्ड संयाेजक मान बहादुर चाैधरी, रेडियो स्वर्गद्वारीका राेशन घर्ती , हजार दिनका अामा,गर्भवती महिलाहरूको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमको सञ्चालन ब्याक वार्ड साेसाईटी एजुकेशनका फिल्ड संयाेजक मान बहादुर चाैधरीले गर्नुभएको थियो, भने उक्त्त कार्यक्रमको अवसरमा अण्डा समेत बितरण गरिएको थियो ।