नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको जिल्ला अधिवेशन सम्पन्न

के-पी-घिमिरे/
नेपालगन्ज, जेष्ठ,१५-
नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशन अाज सम्पन्न भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेका सभापति सरोज शाहको सभापतित्व , नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको प्रमुख अतिथि, नेपाल ट्रेड युनियन कांग्रेसका बाँकेका सभापति राम बहादुर मल्ल अतिथि, नेपाल ट्रेड युनियन कांग्रेस बांकेका सचिव तोजिन्द्र बहादुर बि-क- ,

नेपाली कांग्रेस बाँकेका स्वास्थ्य बिभाग प्रमुख पुरन सिंह ठकुरी , लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संघका सभापति सुभाष खनाल, नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेल लगायतका अतिथिहरु र महाधिवेशन प्रतिनिधि , नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारीहरु, साधारण सदस्य हरु, लगायतकाको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वागत मन्तव्य नारायण पोखरेलले राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिदै पार्टी सभापति किरण कोईरालाले नेपाल स्वास्थ्यकर्मी संघ नेपाली कांग्रेसको मेरुदण्डको रुपमा रहेको बताउनुभएको थियोे । उहाँले पार्टीलाई सहि मार्ग निर्देशन गर्नेकाम पनि स्वास्थ्यकर्मीहरुको हो । गाउँ गाउँमा गएर बिरामीहरुको सेवा गर्न पनि उहाँले अनुरोध गर्नु भयो ।

अागामी कार्याकालको शुभकामना पनि दिनु भएको थियो । सकभर सर्व सहमतिमा पदाधिकारीहरुक‍ो चयन गर्न अनुरोध गर्नु भएको थियो । यो समाचार तयार पारुञ्जेल सम्म पदाधिकारीहरु निर्वाचित भएका थिएनन् र छलफलमा जुटेको यम बहादुर खड्काले बताउनु भएको छ ।