बाँकेको कोहलपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

कोहलपुर,कार्तिक,१६-
बाँकेको कोहलपुर नगरपालिकाको विद्युतरोड नजिक सवारी दुर्घटना हुदा दुई जनाको घटना स्थलमा ज्यान गएको छ ।

अाज साझ अन्दाजी ७ बजेतिर कोहलपुर बिद्युतरोडमा बा-६-च- ८२९९ नम्बरको कारले भे-८-५ २४६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालक बर्दिया जिल्ला भुरिगाउका काशिचन्द्र न्यौपाने र मोटरसाइकलमा सवार इन्द्र प्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि ईलाकाले जनाएको छ ।