बाजुरामा पहिलो पटक छाला प्रशोधन केन्द्र

रमित बि.क.

बाजुरा जेष्ठ १८-
बाजुरामा पहिलो पटक छाला प्रशोधन केन्द्रको स्थापना गरिएको छ । हिजो नेकपा एमालेको उपाध्यक्ष भिम बहादुर रावलबाट उतm छाला प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ । जिल्लामा छाला प्रशोधन केन्द्रपहिलो पटक स्थापना गरिएको छ ।

छाला प्रशोधन केन्द्रमा ८० हजार घरेलु तथा साना उद्योग बाजुरा,६० हजार बडिमालिका नगरपालिकाको आर्थिक सहयोग र बाँकी आफ्नै व्यतिmगत लगानी गरी १३ लाख ५० हजारको लगानीमा छाला

प्रशोधन केन्द्रको सुरुवात गरिएको छाला प्रशोधन केन्द्रका प्रोपराईटर देब बहादुर सार्कीले बताउनुभएको छ । अब स्थानिय स्तरका छाला उत्पादन गरेर बिदेशबाट नभई बाजुरामै जुत्ता,चप्पल,बेल्ट र झोलाहरु उत्पादन गरिने भएका छन् ।