सिलाई मजदुर संघ नगर कमिटी गठन

नेपालगन्ज,भाद्र,१७-
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सिलाई कटाई गर्ने मजदुरहरूको हक हितका लागि लड्नका लागि नगर स्तरीय कमिटी गठन गरिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके जिल्लाका अध्यक्ष बसन्त मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका सचिब राजकुमार बि-सी- लगायतका नेताहरुको उपस्थितिमा उक्त नगर कमिटी गठन गरिएको हो ।

अाज भएको भेलाले प्रथम नगर कमिटी गठन गरेको नव निर्वाचित अध्यक्ष विकास साहु ले बताउनु भयो । अाजको भेलाले ११ सदस्यीय कमिटी गठन गरेको छ जसको अध्यक्षमा बिकास साहु , उपाध्यक्षमा बरकत अलि शेख, सचिवमा बब्लु अन्सारी लगायतको टीम सर्व सम्मत रुपमा चयन भएको छ ।