महालक्ष्मी म्युजिक प्रा.लिको उत्कृष्ट म्युजिक भिडियो “लाउदै छ रे मेला” बजारमा

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,१०-
पछिल्लो समय महालक्ष्मी म्युजिक प्रा.लीको प्रस्तुतिमा म्युजिक भिडियोहरु बजारमा आईरहेका छन् । यसै क्रममा लाउदै छ रे मेला बोलको म्युजिक भिडियो सार्बजनिक गरेको छ ।

चर्चित सर्जक ऋषि खड्काको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा नव गायक आर सि सापकोटा र चर्चित गायीका मेलिना राईको स्वर रहेको छ ।

(भिडीयो हेर्नका लागी तल क्लिक गर्नुहोस्  )

सापकोटाको प्रस्तुती रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित नायीका रिमा बिश्वकर्मा,अनु शाह,नरेश सिंह र जेम्स बिसीको उत्कृष्ट अभिनय रहेको छ ।

निर्देशक मौसम हिमालीको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन करन चैसिरले गरेका छन् भने भिडियोको सम्पादने प्रबिन भट्टले गरेका छन् । यस अडियो तथा भिडियोलाई स्यम म्युजिक कम्पनी महालक्ष्मी म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ ।