चिकित्सकहरुको अान्दोलनले गर्दा बिरामीलाई सास्ती

नेपालगन्ज,भाद्र,१७-
नेपाल चिकित्सक संघको अान्दोलनका कारण अाज देशभरका स्वास्थ्य संस्था, अस्पताल , मेडिकल कलेजहरुको अो-पी-डी- सेवाहरु बन्द हुदा टाढाबाट उपचार गर्न अाएका बिरामीहरुलाई सास्ती भएको छ ।

नेपाल सरकारले अहिले लिएको स्वास्थ्य एेनले चिकित्सकलाई काम गर्ने वातावरण नभएको, काम गर्दा गर्दै सिधै जेल जानुपर्ने, लगायतका समस्याहरु सिर्जना हुने भएकोले उक्त ऐनलाई सच्याउनु पर्ने भन्दै नेपाल चिकित्सक संघले अान्दोलनका कार्यक्रमहरु अाज देखि घोषणा गरेको छ ।

चिकित्सकहरुले अस्पतालमा मात्र नभएर अाफ्नो प्राईभेट क्लिनिकमा समेत बिरामी नजाचेको नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा-विनोद कर्णले बताउनु भयो । उहाँका अनुसार अहिलेको ऐनले चिकित्सकहरुलाई काम गर्ने वातावरण नबनाई हतोत्साहित बनाएको छ यसले गर्दा अब देशबाट चिकित्सकहरु विदेश पलायन हुने सम्भावना बढेको बताउनु भयो ।

हामी वार्ताका माध्यमबाट समस्या समाधान गर्न चाहान्छौं तर यस भन्दा पहिले सरकारले दिएको समय सीमामा सरकारले अाफ्नो हठ नछाडेको हुदा वार्ताले सार्थक पाएन । भोलि सम्पूर्ण प्रशासनिक कामहरु ठप्प पार्ने अनि क्रमश ईमर्जेन्सी सेवा समेत ठप्प पार्ने उहाँले बताउनु भयो ।

नेपाल चिकित्सक संघ बाँकेका सचिव डा-पियुष कानोडियाले अान्दोलन गर्नु हाम्रो रहर होइन सरकारले बाध्यता पारेको छ । टाढाबाट अाएका बिरामीहरुले उपचार नपाउनु दुखद कुरा हो यसमा हामीहरु दुखित छौं नेपाल सरकारको यसमा ध्यान जान जरुरी रहेको उहाँले बताउनु भयो ।