नेपाल स्वास्थ्य कर्मचारीद्धारा बधाई तथा शुभकामना आदान प्रदान

नेपालगन्ज,भाद्र,१८-
नेपालगन्ज मेडिकल कलेजमा प्रतिष्ठान स्तरको ट्रेड युनियन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा अाज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

नेपालगन्ज मेडिकल कलेजमा तिन वटा ट्रेड युनियन रहेकोमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको ५ अौं अधिबेशन बाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खान, प्रमुख अतिथिमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष टी-एन-रावत, बिशिस्ट अतिथिमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका निर्देशक डा-एम-किदुवाई, कर्मचारी संगठनका सभापति कुश्माखर बश्याल, मुस्लिम खान, सुमन गिरी, रत्ना गिरी, के-पी-घिमिरे , अशोक कुमार दीक्षित , लगायतका अतिथिहरु र कर्मचारीहरुको सहभागी रहेको थियो ।

कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव अनिता थापाले गर्नु भएको थियो । कार्यक्रममा नव निर्वाचित पदाधिकारीलाई दोशल्ला अोडाएर सम्मान समेत गरिएको थियो ।