स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)

फाईल तस्विर !!

बुटवल,भदौ,९-मोफसलको राजधानी बुटवलमा रहेर पनि करिब ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा पत्रकार कृष्णबाबुले संसार छोडेको पनि करिब २ महिना भैसक्यो ।

उनि हामि माझ नरहेपनि उनले अभिनय गरेका म्युजिक भिडियो दर्शक माझ सम्झना बनि बसेका छन् ।  धेरै म्युजिक भिडियोको बिचमा एउटा यस्तो बिसय बस्तु समेटिएको भिडियोमा अभिनय गरेका थिए ।

जुन गीतको बिसय बस्तु सत्य घटनामा आधारित थियो ।जुन गीतको सिर्जना समिर बिष्णु खत्रीले गरेका थिए,भने निर्देशन बिष्णु भट्टराईले गरेका थिए ।

समिर बिष्णु खत्रीका आफ्नै बाबा भारतीय सेनामा कार्यरत छुट्टी मिलाएर घर आउने क्रममा बाटो बाटै हरेको आज करिब १० वर्ष भयो तर अहिले सम्म कुनै आत्तो पत्तो लागेको छैन ।

सोहि बिसय बस्तुमा हराएको बाबाको छोराको भूमिका निभाएका कृष्ण बाबु अहिले हाम्रो सामु छैनन् तर पनि उनी अभिनित यो भिडियोले पक्कै पनि दर्शकको मन जिरिङ्ग बनाइदिञ्छ ।

कुलचन्द्र पुरी, राजु खत्री, इन्दिरा घिमिरे, कृष्ण बाबु लगाएतका कलाकारको अभिनय रहेको उक्त भिडियो बुटवल, भैरहको विभिन्न ठाउमा छायांकन गरिएको थियो ।

हराएका बाबालाई भेटाउने आसामा निर्माण गरिएको भिडियोलाई अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ भने भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ ।पत्रकारिताको साथ् साथै कलाकारितामा पनि अब्बल कृष्ण बाबु अब हाम्रो सम्झनामा मात्रै रहेका छन्। 

 (भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् )