कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुग्यो

काठमाडौं,असोज,२७-नेपालमा मंगलवार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६६३ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ७९५ जना रहेका छन् । प्रवक्ता गौतमले हाल संस्थागत आईसोलेशनमा १५ हजार ४८ जना र होम आईसोलेशनमा २० हजार ८६७ जना रहेको बताए ।  

विगत २४ घण्टामा१५ हजार ५७७ ओटा पीसीआर परीक्षण भएको छ ।हालसम्म देशभरमा कुल १२ लाख ७ हजार ९१  ओटा परीक्षण भइसकेको छ।मंगलवारमात्रै १ हजार ५०३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

विगत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार १३९ जना काठमाडौं उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं जिल्लाका १ हजार ७४६ जना, ललितपुर जिल्लाका २१६ जना र भक्तपुर जिल्लाका १६७ जनालाई संक्रमण पुष्टि भएको छ।