आज विश्व जनसंख्या दिवस,नेपालमा पनि मनाईदै

लाखौं वर्षमा एक अर्ब पुगेको जनसंख्या दुई शताब्दीमै कसरी पुग्यो सात अर्ब?
तस्बिर : अल्पास्पिरिटबाट

काठमाडौं,असार,२६-आज विश्व जनसंख्या दिवस!!नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ।हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईन्छ।

यस कार्यक्रमले विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ।

विश्वको जनसंख्या आठ अर्ब ४४ करोडको हाराहारीमा पुगेको छ।पछिल्लो समय भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो।

यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको छ ।

यसैबिच २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ।यो २०६८ सालको  तुलनामा झन्डै २७ लाख बढी हो।नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो।

१९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको छ।वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिलद्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो ।