पार्टी एकताका लागि छिट्टै मिति तोकिने : गृहमन्त्री थापा

चितवन,वैशाख,१०-

गृहमन्त्री रामबहादुर थापाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताउनु भएको छ ।

वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले अब छिट्टै एकताको मिति तोकिने आज प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भयो ।

उहाँले एमाले र माओवादी केन्द्रबीच सबै विषयमा टुंगो लागिसकेको भन्दै छिट्टै एकता हुने दावी समेत गर्नु भयो । कम्युनिष्ट पार्टीको एकतापछि केन्द्रमा सह–अध्यक्षको मोडेल र जिल्ला तहमा दुई पदीय नेतृत्वको मोडेल तयार गरेर कार्यदलले सिफारिस गरेको समेत उहाँले जानकारी गराउनु भयो । नेपालाणीबाट