सुभलक्ष्मी बोर्डिङ स्कुललाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी

सिर्जना बर्देवा/
ओखलढुंगा,बैशाख,१०-
ओखलढुंगामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सुभलक्ष्मी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा ७ गते देखी ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सञ्चालन गरेको प्रतियोगितामा सुभलक्ष्मी बोर्डिङ स्कुलले रनिङ्ग शिल्डको उपाधि हात पार्न सफल भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ संचालन भएको प्रतियोगीतामा दोस्रो स्थान रुमजाटार माबी रुम्जाटारले प्राप्त गरेको छ भने तेस्रो स्थान भगवती माबीले प्राप्त गरेको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जितेको सुभलक्ष्मी बोर्डिङ स्कुलले नगद ५० हजारको साथमा सिल्ड प्राप्त गरेको छ । दोस्रो हुने रुम्जाटार माबीले नगद ४२ हजार प्राप्त गरेको छ भने तेस्रो हुने भगवती माबीले नगद १४ हजार प्राप्त गरेको छ ।