महिलाको मृत्यु पछि महाकाली अञ्चल अस्पतालमा तनाव

इन्द्र कार्की
/महेन्द्रनगर,२० ,फाल्गुन     बारम्वार विवाद र तनावको चपेटामा परि रहने महाकाली अञ्चल अस्पताल शनिवार फेरि पनि तनाव ग्रस्त वन्न पुग्यो । भिमदत्तनगर पालिका ११ भुजेला वस्ने ४६ वर्ष की कलावती सार्कीको उपचारको क्रममा फाल्गुन १९ गते शनिवार विहान ५ वजे मृत्यु भए पछि महाकाली अञ्चल अस्पताल तनाव ग्रस्त वन्न पुगेको हो । सार्कीका आपन्तले दोषीलाई कारवाही र उचित क्षतिपुर्तिको माग राखी अस्पतालको इमरजेन्सी शाखावाट लास नउठाउदा अस्पतालको काम प्रभावित हुनुका साथै अस्पताल दिनभरि तनाव ग्रस्त भएको थियो ।

कलावतीको फाल्गुन १३ गते महाकाली अस्पातलमा पाठेघरको अप्रेसन गरिएको वताइन्छ । अप्रेसन गरिएको हप्ता दिनमा शुक्रवार राती कलावतीको अचानक पेट दुखे पछि राती ११ वजे पुःन आफन्तहरुले उनलाई उपचारका लागि अञ्चल अस्पातल पुर्याएका थिए । राती विरामीको अवस्था हेरेका स्वास्थ्यकर्मिले रगत आवश्यक पर्ने भनि रगत मगाएको र विहान रगत चढाउने भनिए पनि विहानै विरामीको मृत्यु भएको मृतक सार्कीका आफन्त रमेश सार्कीले जानकारी दिए ।

विरामीका आफन्तहरुले पटक पटक विरामीको अप्रेसन गरेका डाक्टरलाई वोलाउन आग्रह गर्दा समेत राती डिउटीमा रहेका कर्मचारीहरुले आफनो कुरा नसुनेको गुनासो गरे । “समयमै डाक्टर आएर हेरेको भए आज यो अवस्था सायद आउदैन थियो” मृतकका देवर बलराम सार्कीले भने “उपचार गर्न नसकिने भए समय मै भनेको भए अर्को अस्पताल मा लगेर उपचार गर्ने थियौँ । ” चिकित्सक स्वास्थ्यकर्मिको व्यवहार र लापरवाहीका कारण कलावतीको मृत्यु भएको कलावतीका आफन्तको आरोप छ ।

दोषी चिकित्सकलाई कारवाहि र उचित क्षतिपुर्तिको माग राख्दै मृतकका आफन्तहरुले विहानै देखि अस्पतालको इमरजेन्सी वार्डमा धर्ना दिएका थिए । आक्रोसित पीडितहरुले उपचारमा लापरवाही गरिएको भन्दै जिमुवा स्वास्थ्य चौकीको म१झ ९९ नम्वरको एम्बुलेन्स तोडफोड गरेका छन् । घटनाका बारेमा अस्पताल विकास समिति, चिकित्सक र मृतकका आफन्तविच छलफल हुदाँ समेत छलफल निष्कर्षमा पुग्न सकेन । अस्पतालमा महिलाको मृत्यु भएपछि थप घटना दोहोरिन नदिन प्रशासनले अस्पताल परिसरमा सुरक्षाकर्मि परिचालन गरेको छ । पीडित पक्ष, अस्पताल र प्रशापन वीच आज (आइतवार)थप वार्ता हुने वताइएको छ ।