विश्वकपमा आज ३ खेल : जापानले कोलम्बिया संग खेल्ने

काठमाडौं,असार,५-

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एचको खेलमा कोलम्बिया र जापान भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे पोल्याण्डले सेनेगलसंग खेल्नेछ ।

होण्डा जस्ता युवा स्टार खेलाडीहरुले भरिएको जापानलाई एसियाबाट विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।आज जापानले खेल्ने भएपछि धेरै नेपाली दर्शक जापानको खेल हेर्न आतुर देखिएका छन् । यस्तै अर्को खेलमा राति पौने १२ बजे आयोजक रुसले ईजिप्टको  सामना गर्नेछ । 

आज असार ४ गते हुने खेलहरुको समय तालीका
साँझ ५:४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८:४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११:४५, रुस र इजिप्ट पहिलो समूह

आगामी दिनमा हुने खेल समय तालीका

६ असार २०७५
साँझ ५:४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८:४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११:४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५
साँझ ५:४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८:४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११:४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५
साँझ ५:४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८:४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११:४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५
साँझ ५:४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८:४५,कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको,छैटौं समूह
राति ११:४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५
साँझ ५:४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८:४५, जापान र सेनेगल ९आठौं समूह
राति ११:४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५
साँझ ७:४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७:४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११:४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११:४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५
साँझ ७:४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७:४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११:४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११:४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५
साँझ ७:४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७:४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११:४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११:४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५
साँझ ७:४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७:४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११:४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११:४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।