नेपाल बिद्यार्थी संघले गर्यो बृहत रक्तदान कार्यक्रम

४५ जनाद्धारा रक्तदान

 के-पी- घिमिरे/
नेपालगन्ज,बैशाख,१०-
नेपाल बिद्यार्थी संघको ४९ औ स्थापना दिबसको उपलक्ष्यमा आज महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जमा ने-बि- संघले बृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ । 

महेन्द्र बहुमुखि क्याम्पसका ईकाइ सभापति चेतनारायण शर्माको सभापतित्व , नेपाली कांग्रेस बाके जिल्ला पार्टी सभापति किरण कोइरालाको प्रमुख अतिथि तथा प्रदेश नं ५ का सभासद तथा पार्टीका ५ नं प्रदेशका प्रमुख सचेतक सुरेन्द्र हमालको बिशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा मुख्य सचेतक हमालले नेपाल बिद्यार्थी संघ नेपाली कांग्रेसको मेरूदण्ड भएको कुरा गर्नु भयो । यसमा पार्टी इतिहास जस्तै आफनै इतिहास रहेको छ भन्नु भएको छ । पार्टी सभापति किरण कोइरालाले पार्टीमा जस्तै गुट उपगुट ने-वि-संघमा पनि भएको हुदा यस्ता गुट उप गुट सधैका लागि अन्त्य गर्नु पर्ने बताउनु भयो ।

इकाई सभापति तथा रक्तदान कार्यक्रमका सभापति चेतनारायण शर्माले नेपाल बिद्यार्थी संघको सप्ताहा व्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । इकाइ समितिका सचिब चन्द्र प्रकाश देबकोटाका अनुसार ४५ जनाले रक्त दान गर्नु भएको थियो जसमा क्याम्पसमा अध्ययनरत बिद्यार्थी तथा बाहिरका मानिसहरूले पनि रक्तदान गर्नु भएको थियो ।