भारतविरुद्ध नेपाली खेलाडीले शतक हाने ५ लाख पाउने

अधर्शक हाने १ लाख र प्रत्येक छक्काको २० हजार र चौका हाने १० हजार पाउने

काठमाडौं,असोज,१५-चीनमा जारी १९औं एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले मंगलबार भारतको सामाना गर्दैछ। क्वार्टरफाइनलको यो खेल बिहान ६ः४५ बजे सुरु हुनेछ।

भारतविरुद्धको खेलमा नेपाली खेलाडीको हौसला बढाउन ‘टिम ११’ नगदपुरस्कारको घोषणा गरेको छ। ‘टिम ११’ले भारतविरुद्धको खेलमा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका बराबर १० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

यस्तै, उसले प्रत्येक छक्काको २० हजर रुपैयाँ दिने घोषणा गरेको छ भने अधर्शक बनाउने खेलाडीले १ लाख रुपैयाँ पाउने छन्। भारतविरुद्ध शतक बनाए, ती खेलाडीले ५ लाख रुपैयाँ पाउने ‘टिम ११’ले जनाएको छ।

उसले बलिङमा प्रत्येक विकेटको २० हजार रुपैयाँ दिने घोषणा गरेको छ। ह्याट्रिक लिए २ लाख ५१ हजार तथा ४ विकेट लिए ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

यस्तै, टिम ११ले भारतलाई हराए नेपाली टिमलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ।