म सधैं जनताको लागि काम गर्छु : उप मेयर उमा थापा

बाँके,साउन,१४-

आफु सधै जनताको लागि काम गर्ने र जनताले निर्वाचन गरेको आएको हुदाँ सबैको लागि आफुहरु साझा तथा सबैलाई समान हुने नेपालगंज उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले एक कार्यक्रममा बताउनु भएको छ । नेपालगंज एफएमको विषेश कार्यक्रम नेपालगंज कुराकानीमा बोल्दै उपमेयर थापाले उक्त कुरा बताउनु भएको हो ।

उप मेयर उमा थापा मगर

उपमेयार थापाले नेपालगंज उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष माथि भएको आक्रमण निकै निन्दनिय भएको बताउनु भएको थियो । उहाँले भन्नु भयो,“यसरी राम्रो काम गर्छु भन्दा उल्टो आक्रमण हुन्छ भने हामीहरुले कसरी जनताको काम गर्ने भन्ने प्रश्न उठेको छ” ।

उपमेयर थापाले अव आउने योजनाहरुमा जनताको मागलाई सम्बोधन गर्ने भएको हुदाँ यदी जनताको माझमा केही नयाँ योजनाहरु छ भने आफु कहाँ ल्याउन पनि अनुरोध गर्नु भएको थियो । उपमेयर थापाले आफु जहिले पनि समाजसेवी तथा विकास प्रेम भएको हुदाँ विकास तथा समाजको लागि नै आफुलाई समर्पण गर्ने गरेको बताउनु भएको थियो ।

अव हुने प्रदेशीक तथा राष्ट्रिय निर्वाचनमा यहाँको भुमिका के हुन सक्छ भन्ने सन्दर्भमा उपमेयर थापाले आफुले निभाउनु पर्ने भुमिका निभाउने बताउनु भयो । नेपालगंज एमएफले प्रत्येक शनिबार विभिन्न विषयमा विभिन्न व्यक्तित्वहरुसंग नेपालगंज एफएफको कार्यक्रम नेपालगंज कुराकानीमा गर्ने गर्दछ ।