छोरी पाएको कारण निर्घात कुटिनु पर्यो सबिना खातुनलाई

अराज सिहं बेल्बासे,

कपिलस्तु साउन,१४-
कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउ की सबिना खातुनलाई छोरी पाएको भन्दै उनकै श्रीमान दीलसार र सुसरा ईजहार खाले निर्घात कुटपीट गरेका छन ।

उनिहरुले आफन्तको एक बिवाहको समारोहमा लठ्ठी मुक्का र लात्तीले आफ्नो छोरीलाई कुटेको पीडीतका बाबु लईस पठानले बताए ।सबिनाको कुटपीटबाट कान, पिठीउ लगायत शरीरका बिभिन्न भागका नील डाम परेको छ ।

कुटपिटवाट घाईते भएकी खातुनलाई उपचारकालागि भैरहवा स्थित युनीभर्सल मेडिकल लगिएको थियो । पीडीत सबिनाले आफुलाई दुबैले बिवाह भएको एक दुर्इृ महिना मै छोरा नपाए ठीक नहुने भन्दै धम्काउने गरेका बताईन ।

छोरी पाए पछि त आफुलाई श्रीमानले दिनहु मानसिक तनाव दिने र कुटपीट गर्ने गरेको उनले बताईन ।