राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा समस्यामा

मध् पौडेल
बाँके,साउन,१२-
राप्तीपारीका द्धन्द्ध पिडितहरुले आफ्नो पहिचान खुल्न नसक्दा निकै समस्या परेको बताएका छन । द्धन्द्ध पिडितका सवाल र स्थानिय सरकारको भुमिकाको विषयमा अन्तरसक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन ।

मानवअधिकार संरक्षण तथा कानुन सेवा केन्द्र हरप्लेसका सहयोग तथा संक्रमणकालिन न्याय तथा शान्ति मञ्चको आयोजनमा राप्तीपारीको राप्ती सोनारी गाउँपालिका पर्ने वडा न ४ र ३ का वडा अध्यक्ष तथा द्धन्द्ध पिडित समुहको संयोजक तथा सदस्यहरु विचको उक्त अन्तक्रिया कार्यक्रम भएको थियो ।

अन्तक्रिया कार्यक्रममा द्धन्द्ध पिडित समुहका संयोजक राम लखन थारुले आफुहरु संग द्धन्द्ध पिडित हु भन्ने कुनै पहिचान नहुदाँ जहा पनि आफ्नो परिचय खुलाउनका लागि विगतको द्धन्द्धलाई दिमागमा राखेर हिड्नु पर्दा निकै दुःख लाग्ने बताउनु भएको थियो । संयोजक थारुले स्थानिय सरकारले आफुहरुलाई परिचय खुल्ने कुनै कार्ड बनाई दिएमा अति सजिलो हुने बताउनु भएको थियो ।

कार्यक्रममा सहभागि द्धन्द्ध पिडितहरुले अझै पनि द्धन्द्ध पिडितहरुलाई शिक्षा ,स्वाथ्य जस्ता आधारभुत कुराहरुमा सरकारले केही गर्न नसकेकोमा गुनासो पोखेका थिए ।राप्तीसोनारी गाउँपालिका वडा ४का वडा अध्यक्ष कान्छा थारुले द्धन्द्ध पिडितहरुलाई व्यवस्था नहुदा पाउनु परेको समस्याका लागि तत्काल केही गरीने बताउनु भएको थियो ।

अध्यक्ष थारुले आफ्नो वडामा भएका द्धन्द्ध पिडितको तथ्याङक हेरेर त्यसको अनुसार कुनै परिचय पत्रको व्यवस्था गरीने बताउनु भएको थियो । त्यसै गरी राप्ती सोनारी गाउँपालिका वडा न ३ का अध्यक्ष गंगाराम थारुले आफुले परिचय पत्र तथा शिक्षाको विषयमा कुनै समाधानको बाटो निकाल्ने बताउनु भएको थियो ।

स्थानिय निकायको अधिकार तथा कानुनको बारेमा अझै प्रस्ट निति नआएको हुदाँ आफुहरुलाई काम गर्न अलि गाह्रो भएको बताउनु भएको थियो ।कार्यक्रमको सहजीकरण हरप्लेसका गिता देवकोटा गर्नु भएको थियो ।