लोकतन्त्र दिवसको उपलक्ष्यमा काग्रेसद्वारा दीप प्रज्वलन

के-पी-घिमिरे/

नेपालगन्ज.’,बैशाख,११-
बैशाख ११ गतेका दिन देशमा लोकतन्त्र दिवसको रूपमा मनाउदै आईरहेका बेला मंगलबार साॅझ नेपाली कांग्रेस पार्टीले भने नेपालगन्जको वि-पी- चोक स्थित वि-पी-को शालिकमा दीप प्रज्वल गरी लोकतन्त्र दिवस मनाएको छ ।

नेपाली कांग्रेस पार्टी बाॅके जिल्ला सभापति किरण कोइरालाको सभापतित्व तथा अछाम जिल्लाका प्रतिनिधि सभाका सदस्य राम बहादुर बिष्टको प्रमुख अतिथिमा दीप प्रज्वलन गरिएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधि सदस्य राम बहादुर बिष्टले लोकतन्त्र त्यति सजिलै हासिल नगरी धेरै दु:ख गरेर ल्याएको हुदा यसलाई जोगाएर राख्नु पर्ने र लोकतन्त्र ल्याउनमा नेपाली कांग्रेसको ठूलो भूमिका रहेको बताउनु भएको थियो ।

त्यस्तै : पार्टी सभापति कोइरालाले सरकारले लोकतन्त्रका दिन पनि सार्बजनिक बिदा नदिएकोमा दुखेसो पोख्नु भयो । उक्त कार्यक्रममा स्थानिय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको पनि बाक्लै उपस्थिति रहेको थियो ।