जनता यो देशको मालीक हो : प्रधानमन्त्री देउवा

नेपाली काँग्रेस जनतालाई सधैं मालीक बनाउने पार्टी भएको भनाई

सुनवान,मंसिर,९-

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले जनता यो देशको मालीक भएको बताउनु भएको छ । आज नवलपरासीको सुनवल नगरपालीकामा विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनता यो देशको मालीक भएको बाउनुभयो ।

उहाँले जनताले सरकार बनाउने , बदल्न पाउने मौका पाउछ । तर जनता संग पार्टी डराउनु पर्ने भएपनी अहिले ठिक उल्टो पार्टी संग जनता डराएको भन्दै नेपाली काँग्रेस जनतालाई द:ख दिने पार्टी नभई जनतालाई मालीक बनाउने पार्टी भएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले अब जनताले यो चुनावमा एकदलीय शासन व्यवस्था चाहाने पार्टी रोज्ने कि बहुदलीय व्यवस्था चाहाने पार्टी रोज्ने     भन्दै प्रश्न गर्नुभयो । उहाँले अब एक दलीय तानाशाही शासन जनताले नचाँहेको र डर त्रास बाट मुक्त समाज खोजेको बताउनुभयो । 

उहाँले जनतालाई मालीक बनाउने संविधान ल्याएको र केहि अराजक समुहले यो संविधानलाई पनी एक दलीय शासनमा लाड्न खोजेको बताउदै एक दलीय शासन व्यवस्थाले जनतालाई सधै डर त्रासमा राख्ने ,चाँहे त्यो राष्ट्रपती शासन किन नहोस् , यस्तो भएमा डर त्रासमा बस्नु पर्ने अवस्था आउने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले महेश्वर भन्सार जसरी पनी स्थापित गरेर सबै गाँउ बस्तीमा बिजुली झिलीमीली गराउने र हुलाकी राजमार्गलाई पनी चाँडै नै कालोपत्रे गर्ने प्रतिवद्वता जाहेर गर्नुभयो ।